काठमाण्डु- नेपाली कांग्रेसका नेता प्रदीप गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । शनिबार राति निधन भएका गिरिको आइतबार पशुपति आर्यघाटनमा अन्तिम दाहसंस्कारको काम गरिएको हो ।
पशुपति आर्यघाट लैजानुअघि श्रद्धाञ्जलीका लागि गिरिको पार्थिव शरीरलाई कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । पशुपति आर्यघाटमा गिरिको शवमा उनका छोरा सन्तोष सिलवाल गिरिले दागबत्ती दिएका हुन् ।
अन्त्येष्टिअघिको पशुपतिमा नै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका उच्च पदस्थ व्यक्तिहरुले गिरिप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको थियो ।
यस्तै गिरिका शुभचिन्तक तथा समर्थकको पनि ठूलो संख्यामा उपस्थिति थियो । शनिबारराति मेडिसिटी अस्पतालमा निधन भएका गिरिको शव श्रदाञ्जलीका लागि अस्पतालमै र कांग्रेस पार्टी कार्यालयमा सानेपामा राखिएको थियो ।




प्रतिक्रिया