निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही हुन्छ: प्रचण्ड

निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही हुन्छ: प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताएका छन् ।

सोमबार उनले पार्टीभित्रको अन्तर्घातबारे छानविन गर्न गठित समितिको प्रतिवेदन अनुसार कारबाही प्रकृया अघि बढाइने बताएका हुन् ।पार्टी कार्यालय पेरीसडाँडामा समिति संयोजक टंक राइले पेश गरेको प्रतिवेदन बुझ्दै प्रचण्डले प्रतिवेदन पदाधिकारीका बीचमा छलफल हुने समेत दावी गरे ।

‘छानविन समितिका कमरेडहरुलाई धन्यवाद दिन चाहन्छु । यो प्रतिवेदनले पार्टीलाई विधिसम्मत तरिकाले र पार्टीलाई अनुशासित बनाउन मद्यत गर्छ । राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई दण्डित गर्नुपर्छ ।’, प्रचण्डले भने । पार्टीलाई अनुशासीत बनाउन प्रतिवेदनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताएका छन् ।