काठमाण्डु – नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।
मंगलवार स्थायी कमिटी बैठक बोलाएको नेकपा एमालेले भदौ ९ गते पोलिटव्युरो र १० र ११ गते केन्द्रीय कमिटी बैठक आब्हान गरिसकेको छ ।
आज बस्ने स्थायी कमिटी बैठकले चुनावको तयारीका बारेमा छलफल गर्नेछ । सो बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीका घोषणापत्र, चुनावी रणनीति तथा अन्य तयारीलगायतको बिषयमा छलफल गर्नेछ ।
गत साउन २६ गते बसेको एमाले सचिवालय बैठकले भदौ ७ गते स्थायी कमिटी बैठक, भदौ ९ गते पोलिटब्युरो बैठक, भदौ १० र ११ गते केन्द्रीय कमिटी बैठक तथा भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।




प्रतिक्रिया