काठमाण्डु – नेकपा एमालेको स्थायी कमिटीको बैठक जारी छ । बैठक केहि बेरअघि पार्टी मुख्यालय च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सुरु भएको हो ।
बैठकमा पोलिट्ब्युरो र केन्द्रीय कमिटी बैठकमा लैजाने एजेण्डा, निर्वाचनको तयारी, पार्टी घोषणा पत्रमा समेट्ने विषयवस्तुमा केन्द्रित रहेर छलफल भइरहेको छ ।
एमालेले भदौ ९ गते पोलिटव्यूरो, १० र ११ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी निर्वाचनका लागि केन्द्रीय सदस्यहरुलाई विशेष जिम्मेवारी दिइने तयारी एमालेले गरेको छ ।




प्रतिक्रिया