काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
झन्डै ६ महिनापछि बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका ओलीले प्रधानमन्त्री देउवालाई समसामयिक राजनीतिक घटनाका विषयमा ध्यानाकर्षण गराएका छन् ।
भेटवार्तामा एमालेका नेताहरू सुवास नेम्वाङ र विष्णु पौडेल तथा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए ।
प्रवक्ता कार्कीका अनुसार भेटवार्तामा ओलीले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन निष्पक्ष हुनुपर्ने, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण मेलमिलाप आयोगको ऐनको संशोधनसम्बन्धी विधेयकमा प्रतिपक्षीसँग छलफल गरेर अघि बढ्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
साथै उनीहरुबीच नागरिकता विधेयकमा पनि छलफल भएको छ । दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि हुँन्दा पनि सरकारले नियन्त्रणका लागि खासै पहल नगरेकोमा समेत एमालले ध्यानाकर्षण गराएको छ ।




प्रतिक्रिया