काठमाण्डु-५ मा नेकपा एसका तर्फबाट सुदेश पराजुली सिफारिस

काठमाण्डु-५ मा नेकपा एसका तर्फबाट सुदेश पराजुली सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले संघीय निर्वाचनका लागि काठमाण्डु क्षेत्र नम्बर ५ बाट दुई जनाको नाम सिफारिस गरेको छ ।

नेकपा एसको क्षेत्र ५ कमिटीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदेश पराजुली र रामप्रसाद पोखरेललाई सिफारिस गरेको हो ।

अनेरास्ववियुका अध्यक्ष पराजुलीले यसअघि नै उक्त क्षेत्रमा उठ्ने घोषणा गरिसकेका थिए । उनीसँगै सिफारिस पोखरेल कानुन व्यवसायी हुन् ।

सत्ता गठबन्धनले हालसम्म भागबन्डा टुंग्याइसकेको छैन । उक्त क्षेत्र एकीकृत समाजवादीले पाएमा पराजुली वा पोखरेलमध्ये एक उम्मेदवार हुनेछन् ।

प्रदेश सभाका लागि भने क्षेत्र नम्बर ५ (क) मा हरिभक्त श्रेष्ठ र कृष्ण प्रसाद सापकोटा छन् भने क्षेत्र नम्बर ५ (ख)मा रामकृष्ण सेढाईं, दीपक केसी र बालकृष्ण श्रेष्ठ सिफारिसमा भएका छन् ।