काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय निर्वाचनमा उम्मेदवार चयनका लागि मापदण्ड तय गरेको छ । बिहीबार बसेको पोलिटब्यूरो बैठकले मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचन अन्र्तगत उम्मेदवार छनोटका लागि मापदण्ड तय गरेको हो ।
अब संघीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नका लागि पाँच वटा शर्त पुरा गरेको हुनुपर्नेछ । जसअनुसार नेकपा एमालेले उम्मेदवार हुनका लागि पहिलोमा पार्टीको नीति र कार्यक्रमप्रति प्रतिबद्धता हुनुपर्ने, दोस्रो पार्टी आन्दोलनमा निष्ठावान् रहेको हुनुपर्ने, तेस्रोमा लोकप्रियता र विजयको सुनिश्चितता भएको व्यक्तिलाई उम्मेदवार बनाउन प्राथामिकता दिने जनाएको छ ।
चौथो नम्बरमा समावेशीता र पाँचौंमा संविधानले निर्धारण गरेको योग्यता हुनुपर्ने शर्त राखेको छ । उम्मेदवार छनोटका लागि तयार भएका आधारहरु सचिवालय, स्थायी कमिटी हुँदै पोलिटब्यूरोले अनुमोदन गरेको हो । जसलाई भदौ १० र ११ गते बस्ने केन्द्रीय कमिटी बैठकले पनि अनुमोदन गर्ने जनाइएको छ ।




प्रतिक्रिया