काठमाण्डु – वागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले अब कुनै चुनाव नलड्ने घोषणा गरेका छन् ।
मकवानपुरको १ बाट प्रतिनिधिसभाको सम्भावित उम्मेदवारको रूपमा चर्चा भइरहेका बेला पौडेलले फेसबुकमार्फत आफु अबको कुनै पनि चुनावमा उम्मेदवारी नदिने घोषणा गरेका हुन् ।
पौडेलले अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेको यथार्थलाई हामीले अनदेखा वा नजरअन्दाज गर्न नमिल्ने बताएका छन् ।
पौडेलले लेखेका छन् ‘अहिले देशले साच्चै नै परिवर्तन खोजेको छ । परिवर्तनका लागि सारा देश जागेको बेला परिवर्तनको संवाहक नेकपा (एमाले) लाई चौतर्फी घेराबन्दी गरी नामेट बनाउने प्रयासमा देशी तथा विदेशी शक्तिहरु एकजुट भएर लागि परेका छन् । यस्तो बेला आगामी निर्वाचनमा कस्ता खालका ब्यक्तिहरूलाई जिताएर पठाउने भन्ने नेपाली जनताको हातमा छ ।’




प्रतिक्रिया