काठमाण्डु – नेकपा एमालेको आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उक्त प्रतिवेदनमाथि छलफल गरी सुझाव पेस गर्न केन्द्रीय सदस्यहरुको ९ वटा समूह बनाइएको छ ।
सातवटा प्रदेश र जनसंगठन तथा प्रवासका अलग–अलग समूहमा प्रतिवेदनमाथि छलफल हुने र शनिबारको बैठकले सुझावसहित प्रतिवेदन पारित गर्ने बैठकपछि प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
पहिलो दिनको बैठकमा छलफलका लागि सातवटा एजेण्डा तय भएको थियो । त्यसमध्येका अधिकांशमा छलफल र निर्णय भएको नेता रिजालले जानकारी दिए । जसमा पार्टीका विभिन्न केन्द्रीय आयोगका अध्यक्षले आआफ्ना प्रतिवेदन पेश गरेका छन् भने सम्बन्धित प्रदेशका अध्यक्षहरूलाई टोली नेता बनाएर छलफल सुरू भएको छ ।
अध्यक्षको प्रतिवेदनले आगामी निर्वाचसम्मको पार्टीको कार्यदिशा समेत तय गर्ने उनले बताए । अध्यक्षको राजनीतिक प्रतिवेदनका साथै अमृत बोहरा, अनुशासन आयोगको प्रतिवेदन, लेखा आयोग, सल्लाहकार परिषद्को प्रतिवदेनमाथि पनि छलफल हुनेछ ।




प्रतिक्रिया