काठमाण्डु – अर्थमन्त्री जनार्दशन शर्माले आफुलाई बदनाम गर्न षड्यन्त्र रचिएको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै शर्माले आफ्ना बारेमा भ्रामक समाचार प्रकाशित गरेर बदनाम गर्न खोजेको आरोप बताएका हुन् ।
उनले आफ्नोविरुद्ध झुटा समाचार लेख्नेहरुका स्वार्थबारे सार्वजनिक गर्ने समेत बताए । बजेट निर्माण गर्दा करको दर हेरफेर गरेको आरोप लागेपछि अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएका थिए । तर, आरोप पुष्टि हुन नसकेपछि उनी पुन मन्त्रालय फर्किसकेका छन् ।
सञ्चार गृहविरुद्ध मानहानिको मुद्दामा जाँदा राम्रो काम गर्नेहरू पनि आलोचित हुने भएकाले आफू तत्काल मुद्दामा नगएको पनि उनले प्रस्ट पारेका छन् ।




प्रतिक्रिया