काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूबीच एकता र सहकार्यको आवह्वान गरेका छन् ।
शनिबार एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले संघीय चुनावमा लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूलाई एकता र सहकार्यकाे लागि आवह्वान गरेका हुन् । तर, त्यस्तो एकता सक्कली हुनुपर्ने उनको भनाइ छ ।
‘नेकपा एमाले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरुको एकता र सहकार्यको आह्वान गर्दछ, तर त्यस्तो एकता सक्कली हुनुपर्दछु’ उनले भने, ‘एकताको नाममा अलमलिने भूलचाहीँ एमालेले गर्दैन ।’
अध्यक्ष ओली एकताको नाममा अल्मलिने भूलचाहि एमालेले नगर्ने प्रष्टाएका छन् । त्यसैगरी उनले पार्टीले निर्णय नगरेसम्म आफैंले उम्मेदवारी घोषणा गर्दै नहिँड्न नेताहरुलाई निर्देशन दिएका छन् । उनले संघीय निर्वाचनका लागि सबै कुरा हेरेर उम्मेदवार उठाउने बताएका छन् ।




प्रतिक्रिया