काठमाण्डु – नेकपा एमालेकाे केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बसेको दोस्रो तथा अन्तिम दिनको बैठकले प्रतिवेदनमाथि सदस्यहरुको राय सुन्दै पारित गरेको हो ।
त्यस्तै, बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारहरुको नाम भदौ २२ गतेभित्र पठाउन जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।
जिल्लाको सम्बन्धित प्रतिनिधि निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले प्रतिनिधि सभाको उम्मेदवार सिफारिस गर्ने निर्णय कमिटीले गरेको छ। एउटामात्रै निर्वाचन क्षेत्र रहेकाहरूले जिल्ला कमिटीको बैठकबाट उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ।
बैठकका निर्णयहरु :





प्रतिक्रिया