काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमालेको बहुमतको सरकार देशलाई आवश्यक रहेको बताएका छन् ।
पार्टीको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले एमालेको बहुमतको सरकार देशलाई आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘निर्वाचनलाई सहि ढंगले अघि बढाउन सचिवालय सकृय हुनुपर्छ । बहुमतसहितको सरकार बनाउँछौं । एमालेको बहुमतको सरकार आवश्यक छ । उनले निर्वाचन प्रयोजनका लागि प्रदेश, जिल्ला, वडामा निर्वाचन परिचालन कमिटी गठन गरिने समेत बताए ।
पहिले मतदाता नभएका कमसेकम दुईजना मतदाता थप्ने अभियानलाई अघि बढाउन निर्देशन दिए । उनले भने, ‘कम्तिमा दुईजना मतदाता थप्नुहोस्। धेरै जति पनि हुनसक्छ। दुई थपिहालियो भनेर चुप लाग्ने होइन, दुई सय, दुई हजार, दुई लाख बनाउन लागिपर्नुपर्छ।मत सुरक्षाका लागि ध्यान दिन पनि निर्देशन दिए।




प्रतिक्रिया