काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संघीय निर्र्वाचनको तयारीमा जुट्न विद्यार्थीलाई निर्देशन दिएका छन् ।
आइतबारदेखि काठमाण्डुमा सुरु भएको अनेरास्ववियुको विस्तारित बैठकमा अध्यक्ष नेपालले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीलाई जिताउन कलम चिन्हको प्रचार गर्न विद्यार्थीलाई निर्देशन हुन् ।
‘निर्वाचनमा पार्टीलाई जिताउन कलम चिन्हको प्रचार गर्नुस् । हामीले विद्रोह नगरेको भए देश प्रतिगामी बाटोमा जाने थियो । पार्टीको क्रान्तिकरण गर्न पुर्नगठित भएका हौं ।’, उनले भने ।
कम्युनिस्ट पार्टी समाज परिवर्तनमा केन्द्रित हुने अध्यक्ष नेपालको भनाइ छ । ‘कम्युनिस्ट पार्टी समाज परिवर्तनमा केन्द्रित हुन्छ । कम्युनिस्ट पार्टी गरिब, सर्वहाराका लागि स्थापना गरिएको हुन्छ । हामी क्रान्तिकारी हौं । जनताको हित रक्षा गर्ने योद्धाहरु हौं।’, उनले भने ।




प्रतिक्रिया