सिट बाँडफाँटमा कांग्रेसले अटेर गरे वाममोर्चाको विकल्प बाँकी छ: प्रचण्ड

सिट बाँडफाँटमा कांग्रेसले अटेर गरे वाममोर्चाको विकल्प बाँकी छ: प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय निर्वाचन अन्तर्गत नेपाली कांग्रेसले सिट बाँडफाँटमा अटेर गरे वाममोर्चाको विकल्प बाँकी नै रहेको बताएका छन् ।

पार्टीको बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आइतबार सम्बोधन गर्दै मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत सिट बाँडफाँटमा नेपाली कांग्रेसले अटेर गरे वाममोर्चाको विकल्प बाँकी नै रहेको बताएका हुन् ।

सत्तारुढ दलमा सिट बाँडफाँटबारे कुरा नमिलिरहेका बेला प्रचण्डले कांग्रेससँग सहमति नजुटे वाममोर्चाका रुपमा चुनावको तयारी अगाडि बढ्ने दावी गरे । ‘हामीसँग वाममोर्चाको पनि विकल्प छ। कांग्रेसले सिट बाँडफाँटमा साह्रै नै गरेछ भने हामीसँग संयुक्त वाममोर्चाको विकल्प बाँकी नै छ’, उनले भने ।

त्यसैगरी प्रचण्डले माओवादीमा स्थानीय तहको चुनावमा जस्तै अन्तर्घात भए राम्रो नहुने चेतावनीसमेत दिदएका छन् । ‘हाम्रो बीचमा खुट्टा तानातान र अन्तर्घात भयो भने पार्टी विघटन हुन कसैले रोक्न सक्दैन ।’, उनले भने ।