काठमाण्डु – नेपा बार एसोशियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको आरोपसँग सम्बन्धित प्रमाण प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिसमक्ष बुझाएको छ ।
बारले आइतबार ३५ बुँदे विवरणसहित जवरामाथिको आरोपसँग सम्बन्धीत कागजात, विवरण, जानकारीलगायतको प्रमाण समितिलाई बुझाएको हो ।
महाअभियोग प्रस्तावलाई पुष्टि गर्न आरोपसँग सम्बन्धित कागजात माग पेस गर्न माग भई आएबमोजिम ती विवरण बुझाइएको अधिवक्ता बार एशोशिएशनकी महासचिव अन्जिता खनालले जानकारी दिइन् ।
बारको ३५ बुँदे विवरणमा विभिन्न मुद्दासँग सम्बन्धित फैसला, न्यायाधीशहरूको सरुवा बढुवा, मुद्दा प्रभावित पार्न गरिएका टेलिफोनलगायतका विषय समावेश गरिएको छ । साथै मिडियामा प्रकाशित समाचारको लिंक पनि राखिएको छ ।
महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भदौ १५ गते बयान लिँदैछ । जसका लागि १२ भदौसम्म प्रमाण जुटाउने र अध्ययन गर्ने समितिले निर्णय गरेको छ ।
पूर्णपाठ:




प्रतिक्रिया