गृहमन्त्रीकै संरक्षणमा नेविसंघले त्रिविमा वितण्डा मच्चायो : अनेरास्ववियु

गृहमन्त्रीकै संरक्षणमा नेविसंघले त्रिविमा वितण्डा मच्चायो : अनेरास्ववियु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले गृहमन्त्रीकै संरक्षणमा नेविसंघको एक जत्थाले त्रिभुवन विश्वविद्यालयमा वितण्डा मच्चाएको आरोप लगाएको छ ।

अखिल अध्यक्ष सुनीता बरालले आइतबार एक विज्ञप्ति जारी सरकार देशकै ठूलो विश्वविद्यालयलाई सेन्टर फर एक्सलेन्स नभएर सेन्टर फर क्रिमिनल एक्टिभिटिज बनाउन क्रियाशील भएको आरोप लगाएकी हुन् ।

उनले विगत ५ महिनादेखि सत्ताकै नेतृत्व गरेको दल नेपाली कांग्रेस निकट नेविसंघले गरेको तालाबन्दी अनेरास्ववियुले खुलाए पनि केही दिनदेखि संघको झुण्डले त्रिवि केन्द्रीय कार्यालय तालाबन्दी गर्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, अवरोध सिर्जना गर्ने र कार्यालयमा प्रवेश गरी भौतिक संरचना तोडफोड गर्ने लगायतका गतिविधि गरिरहेको बताएकी छन् ।

कार्यकारी परिषदको बैठकमा प्रवेश गरी हातपात गर्ने र महत्वपूर्ण कागजात खोस्ने/कब्जा गर्ने जस्ता अराजक कार्यहरु समेत गरिरहेको भन्दै विश्वविद्यालयलाई गैरप्राज्ञिकको हातमा सुम्पिएर त्रिविलाई असफल बनाउन खोजिएको बरालले दावी गरेकी छन् । यस्तो कार्यमा गृहमन्त्री बालकृष्ण खाँणको समेत प्रत्यक्ष संरक्षण रहेको उनले बताएकी हुन् ।