काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले पुन: संशोधनका लागि फिर्ता पठाएको नागरिकता विधेयकमाथि आज विधायन व्यवस्थापन समितिमा छलफल हुँदैछ ।
नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्न मध्यान्ह १२ बजे समितिको बैठक बस्न लागेको हो । राष्ट्रपति भण्डारीले संशोधन विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएको सन्देश आइतबार राष्ट्रियसभाको बैठकमा प्रस्तुत गरिएको थियो ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गरेको राष्ट्रपतिले फिर्ता पठाएको विधेयक संसदीय समितिमा छलफलका लागि पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको थियो ।
संघीय संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष विधेयक पठाइएकोमा गत साउन २९ गते प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले सो विधेयक फिर्ता पठाएकी थिइन् । तर उक्त विधेयक गठबन्धन सरकारले पुन हुबहु प्रतिनिधिसभाबाट पारित गराएर राष्ट्रियसभामा पठाएको छ ।




प्रतिक्रिया