यी हुन ओखलढुंगाबाट नेकपा एसका उम्मेदवार

यी हुन ओखलढुंगाबाट नेकपा एसका उम्मेदवार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादी पार्टीले आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ओखलढुंगाबाट चुनाव लड्ने उम्मेदवारको नाम टुंगो लगाएको छ ।

केहि दिनअघि बसेको नेकपा एसको जिल्ला कमिटि बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ओखलढुङ्गाबाट भाग लिने उमेदवारको नाम सिफारीस गरेको हो । नेकपा एसले प्रदेशसभाका लागी प्रत्यक्षतर्फ क्षेत्र नम्बर ‘क’ बाट राजन खत्री र सञ्जीव गुरुङ्गको नाम सिफारिस गरेको छ ।

त्यस्तै प्रदेशसभाको क्षेत्र नम्बर ‘ख’ बाट कमल खड्का, यमचन्द्र कट्वाल र पुर्ण कुमारी सुवेदीको नाम सिफारीस गरेको छ । यता समानुपातिक तर्फ ‘क’ बाट तिलक लोहनी र शारदा निरौला तथा ‘ख’ बाट अम्बीका प्रसाद भट्टराईलाई सिफारीस गरिएको छ ।

त्यसैगरि प्रतिनिधिसभा सदस्य तर्फ भने प्रत्यक्षबाट नेत्र प्रसाद भट्टराई, छत्र बहादुर कार्की र मेख बहादुर खड्काको नाम सिफारिस गरेको छ । समानुपातीक तर्फबाट निर्मला श्रेष्ठलाई मात्र सिफारीस गरिएको नेकपा एसद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।