नागरिकता विधेयक: शितल निवास पुगे देउवासहित कांग्रेस पदाधिकारी

नागरिकता विधेयक: शितल निवास पुगे देउवासहित कांग्रेस पदाधिकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको पदाधिकारी टोली राष्ट्रपति निवास पुगेकोे छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका पदाधिकारी लिएर राष्ट्रपति निवास पुगेका हुन् ।

नागरिकता विधेयकलाई लिएर सरकार र राष्ट्रपतिबीच द्वन्द्व सुरु भएको छ । संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले १५ दिनसम्म होल्ड गरी फिर्ता पठाएपछि सरकार र शीतल निवासबीच दूरी बढेको हो ।

यसैबीच नागरिकता विधेयककै विषयमा छलफल नेपाली कांग्रेसको पदाधिकारी टोली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेको जनाइएको छ ।