चुनाव जित्न बालेनको भन्दा ठूलो सेन्टिमेन्ट खोजिरहेका छौँ: अध्यक्ष प्रचण्ड

चुनाव जित्न बालेनको भन्दा ठूलो सेन्टिमेन्ट खोजिरहेका छौँ: अध्यक्ष प्रचण्ड

काठमाण्डुमा माओवादीको अवस्था नाजुक छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्न जनताको सेन्टिमेन्टमा खेल्नुपर्ने बताएका छन् ।

माओवादी उपत्यका विशेष प्रदेश समितिको वैचारिक-राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनाव जित्ने विभिन्न कडीमध्ये एक जनताको सेन्टिमेन्ट पनि रहेको बताए ।

जनताको सेन्टिमेन्टमै खेलेर काठमाण्डु मेयरमा बालेन साह निर्वाचित भएको भन्दै उनले बालेनको भन्दा ठूलो आफूहरुले सेन्टिमेन्ट खोजिरहेको बताए ।

जनताको सेन्टिमेन्टमा खेलेर चुनाव जित्नुपर्ने बताउँदै उनले काठमाण्डु उपत्यकामा तीन सिट जित्न सके माओवादी शक्तिशाली पार्टी बन्ने दाबी गरे ।

त्यसैगरी उनले काठमाण्डु उपत्यकामा पार्टीको अवस्था नाजुक रहेको बताएका छन् । काठमाण्डुमा उपत्यकामा नाजुक अवस्था रहे पनि अन्यत्र राम्रो रहेको प्रचण्डको भनाइ छ ।

तराई मधेशमा पार्टी र जनतालाई युनिफाइड गर्न सके माओवादीको पक्षमा जनमत आउने दाबी गरेका प्रचण्डले पहाडमा निकै राम्रो रहेको बताएका छन् ।