काठमाण्डु- नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच भेटवार्ता भएकाे छ ।
मंगलबार कोटेश्वरस्थित व्यापारी चन्द्रलाल श्रेष्ठको निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरूबीच भेटवार्ता भएको हो ।
आजको छलफलमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नारायण काजी श्रेष्ठ , बर्षमान पुन पनि सहभागि छन् । आजै बिहान अध्यक्ष नेपाल र नेता श्रेष्ठबीच मंसिर चार गते हुने संघीय निर्वाचनबारे बनेको कार्यदलको मस्यौदा , साझा अबधारणापत्रबारे छलफल भएको थियो ।
उनीहरूबीच अहिले भइरहेको छलफलमा संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत बनेको कार्यदलको मस्यौदा , साझा अवधारणापत्रमा हस्ताक्षर हुनसक्ने जनाइएको छ ।




प्रतिक्रिया