महाअभियोग सिफारिस समितिले आज चोलेन्द्रसँग बयान लिंदै

महाअभियोग सिफारिस समितिले आज चोलेन्द्रसँग बयान लिंदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महाअभियोग सिफारिस समितिको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग बयान लिने भएको हो ।

बयानका लागि समितिले यसअघि नै जवराविरुद्धका प्रमाणहरू संकलन गरेको छ । सार्वजनिक सूचना जारी गरी प्रमाण माग गरेपछि समितिलाई नेपाल बार एशोसिएसनले मात्रै ३४ वटा प्रमाण बुझाइसकेको छ ।

समिति सचिवालयका अनुसार विभिन्न व्यक्ति र संस्था गरी १० ठाउँबाट प्रमाणहरू प्राप्त भएका छन् । महाअभियोग सिफारिस समितिका अनुसार जबराविरुद्ध प्रमाणको ठूलो सूची तयार भएको छ ।

विभिन्न व्यक्ति र संस्थाले दिएका र समिति आफैंले संकलन गरेका प्रमाणहरुमा मुख्य गरी जबराको आचरणमाथि प्रश्न उठाइएका छन् ।