एकाबिहानै कानुनमन्त्री प्रचण्ड निवासमा

एकाबिहानै कानुनमन्त्री प्रचण्ड निवासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कानुनमन्त्री गोविन्दप्रसाद कोइरालाबीच भेटवार्ता भएको छ । सरकारका प्रवक्ता समेत रहेका कार्की प्रचण्डलाई भेट्न एकाबिहानै खुमलटार पुगेका हुन् ।

बिहान ७ बजे प्रचण्ड निवास पुगेका मन्त्री कार्की र प्रचण्डबीच झण्डै एक घण्टा छलफल भएको खुमलटार स्रोतले जानकारी दियो । उनीहरुबीच सत्यनिरूपण तथा मेलमिलापसम्बन्धीको महत्वपूर्ण बिधेयकका विषयमा छलफल भएको बताइएको छ ।

‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रतिनिधिसभामा दर्ता भएर बसेको छ । बिहीबार कानुनमन्त्री कोइरालाले उक्त विधेयका संसदमा प्रस्तुत गरेका थिए ।

द्वन्द्वकालीन दोषीहरुलाई उन्मुक्ति दिने कतिपय प्रावधान घुसाएर यस्तो बिधेयक ल्याइएको भन्दै सर्वत्र आलोचना भइरहेका बेला भएको मन्त्री कार्की र प्रचण्डको भेटलाई अर्थपूर्ण मानिएको छ ।