तीजको नाचगान गरिरहेका बेला चट्याङ लागेर २ जनाको मृत्यु

तीजको नाचगान गरिरहेका बेला चट्याङ लागेर २ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

दाङको घोराही उपमहानगरपालिका -१२ गुरौँ गाउँमा मंगलबार राति चट्याङ लागेर १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मोनिसा साहको मृत्यु भएको हो ।

साथै अन्य १० जनाभन्दा बढी घाइते भएका छन्। जसमा दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरुलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको बताइएको छ ।

गुरौँ गाउँमा तीजको नाचगान गरिरहेको स्थानमा चट्याङ परेर सो घटना घटेको हो । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।