महाअभियोग सिफारिस समिति बैठकः प्रधानन्यायाधीश चोलेन्द्रकाे बयान जारी

महाअभियोग सिफारिस समिति बैठकः प्रधानन्यायाधीश चोलेन्द्रकाे बयान जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयान लिन सुरु गरेको छ । बुधबार महाअभियोग सिफारिस समितिको बैठकले प्रधानन्यायाधीश जबरासँग बन्द कोठाभित्र बयान लिन सुरु गरिएको हो ।

गत १ फागुनमा जबराविरुद्ध सत्तारुढ दलका सांसदले महाभियोग प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका छन् । जसअनुसार प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले बयानका लागि उनलाई बोलाएको हो । तर, समिति सदस्य नै समयमा नआएपछि जबरा कुरेर बस्न बाध्य भएका हुन् । बैठक भर्खरै सुरु भएको छ ।

जबरालाई सोध्न ४३ वटा प्रश्न तयार पारेको समितिको बुधबार ढिलोगरी बैठक सुरु भएको हो । सो बैठकमा जबराको बयान पनि सुरु भएको छ ।