काठमाण्डु – निलम्बित प्रधानन्यायाधिश चोलेन्द्रशमसेर राणाले महाअभियोग प्रस्ताव ‘बेबुनियाद’ रहेको दावी गरेका छन् । उनले सत्ता गठबन्धन र न्याय क्षेत्रका बिचौलियाको कठपुतली नबन्दा आफूमाथि महाअभियोग ल्याइएको दावी गरेका हुन् ।
बुधबार महाअभियोग सिफरिस समितिसमक्ष बयान दिने क्रममा उनले दीपक कार्कीलाई प्रधानन्यायाधिश बनाउने प्रस्ताव आएको र त्यसरी न्यायपालिका चल्दैन भनेर अस्वीकार गर्दा महाअभियोग लगाइएको जबराले बयानमा बताएका छन् ।
‘प्रधानन्यायाधीश बनाउनुर्पयो भनेर मकहाँ प्रस्ताव आएको थियो । म विधि र पद्धतिबाट आएको हुँ, पार्टी र मिडियाको दबाबमा काम गर्दिनँ, न्यायपालिका यसरी चल्दैन भनेर त्यस त्यो प्रस्ताव अस्वीकार गर्दा ममाथि महाअभियोग लगाइयो,’ उनले बयानमा भनेका छन् ।
संविधान र प्रतिनिधिसभा नियमावली अनुसार महाअभियोग निष्क्रिय भइसकेको तर्क गर्दै उनले आफूलाई न्याय दिनका लागि समितिलाई आग्रह समेतगरेका छन् । ’महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको छ । म संसद्को सम्मानका लागि नागरिकका हिसाबले आएको हुँ । यो प्रस्ताव संविधान र नियमावली संसद्ले पारित गरेन,’ जवराले भने ।




प्रतिक्रिया