काठमाण्डु – नेकपा एमालेले आगामी निर्वाचनका लागि काठमाण्डुका १० वटै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ ।
बुधबार एमाले क्षेत्रीय कमिटी बैठकले मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाण्डुका १० वटै क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरेको हो ।
एमालेले काठमाण्डु– १ बाट विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराई र क्षेत्र–२ बाट मणिराम फुयाँल, ३ मा कृष्ण राईको नाम सिफारिस गरेको छ ।
त्यस्तै, क्षेत्र ४ मा राजन भट्टराई र निर्मल कुँइकेल, ५ मा ईश्वर पोखरेल, ६ मा कल्पना रिजाल, योगेन्द्र संग्रौला, लेखनाथ फुँयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा र हरिशरण तिमल्सिनाको नाम सिफारिस भएको छ ।
७ मा विपी ढकाल, इन्दिरा पन्त, श्याम घिमिरे, विद्यासुन्दर शाक्य र रघुजी पन्त र ८ बाट राजेश शाक्य, ९ मा कृष्णगोपाल श्रेष्ठ, अजयक्रान्ति शाक्य र विद्यासुन्दर शाक्यको नाम सिफारिस भएको छ ।
यता १० बाट विनोद श्रेष्ठ, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन र शरब महर्जनको नाम सिफारिस भएको छ । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नाम भने सिफारिस गरिएको छैन ।तर उनले काठमाण्डु ८ बाट चुनाव लड्न चाहेमा टिकट पाउने नेताहरु बताउँछन् ।




प्रतिक्रिया