एमालेका लेखराज भट्टसँग भिड्न नैनसिंह महरसहित कांग्रेसबाट ५ जनाको नाम सिफारिस

एमालेका लेखराज भट्टसँग भिड्न नैनसिंह महरसहित कांग्रेसबाट ५ जनाको नाम सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि कैलाली– ४ बाट पाँच जनाको नाम सिफारिस गरेको छ ।

५ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा केन्द्रीय सदस्य नैनसिंह महरसहित सुनिल कुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा.लक्ष्मीराज पाठक प्रतिनिधिसभा निर्वाचन क्षेत्र ४ का लागि सिफारिस भएका हुन् ।

यस क्षेत्रमा पूर्वमाओवादीका सुदुरपश्चिम इन्चार्ज तथा हाल नेकपा एमाले केन्द्रीय कमिटीका सचिव लेखराज भट्टले २०६४, २०७४ मा प्रत्यक्षतर्फ चुनाव जितेका थिए भने २०७० सालमा कांग्रेस नेता दीर्घराज भाट विजय भएका थिए ।