झापा–१ मा कांग्रेसबाट विश्वप्रकाश शर्मा एकल उम्मेदवार

झापा–१ मा कांग्रेसबाट विश्वप्रकाश शर्मा एकल उम्मेदवार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले झापा क्षेत्र नम्बर १ बाट महामन्त्री विश्वप्रकाश शर्मालाई उम्मेदवार सिफारिस गरेको छ ।
शर्मा मंसिर ४ गते हुने प्रतिनिधिसभातर्फ सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका हुन्।

आज बसेको क्षेत्रीय कार्यसमिति बैठकले महामन्त्री शर्मालाई झापा १ बाट प्रतिनिधिसभातर्फ उम्मेदवारका लागि सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले जानकारी दिए ।

शर्मा झापा १ बाट २०७० र २०७४ मा उम्मेदवार भई पराजित भएका थिए। २०७४ मा एमालेसँगको तालमेलबाट नेकपा माओवादी केन्द्रका राम कार्की बिजयी भएका थिए ।

यसपटक नेकपा एमालेबाट यो क्षेत्रमा रवीन कोइराला दाबेदार छन् । कोइरालाले २०७० को चुनावमा शर्मालाई पराजित गरेका थिए।