सुनसरी-१ मा जसपाबाट अशोक राईकाे नाम सिफारिस, प्रदेशतर्फ को-को परे ?

सुनसरी-१ मा जसपाबाट अशोक राईकाे नाम सिफारिस, प्रदेशतर्फ को-को परे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)ले प्रतिनिधिसभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट नेता अशोक राईको नाम सिफारिस गरेको छ ।

पार्टीको क्षेत्रीय समितिले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राई सहित ३ जनाको नाम सिफारिस गरेको हो । जसपा धरानका उपाध्यक्ष हेमराज जिमीले प्रतिनिधिसभामा उमेदवारीका लागि उनीसहित भीम राई र दीपक मेयाङ्बोको नाम सिफारिस गरिएको जानकारी दिए ।

०७४ को आम निर्वाचनमा अशोक राई सुनसरी–१ बाटै उमेदवार बनेका थिए । जसपाले गठबन्धनका तर्फबाट सुनसरी–१ आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ । प्रदेशतर्फ सुनसरी–१ ‘क’बाट प्रत्यक्षतर्फ नगेन्द्र लिम्बू, सुमित्रा राई र कृष्ण लिम्बूको नाम सिफारिस गरिएको छ ।

समानुपातिकतर्फ भीम राई, नरेश विक, दुर्गामाया लिम्बू, दीपक मेयाङ्बो र बलबहादुर मगरको नाम सिफारिस गरिएको जसपाले जनाएको छ । सुनसरी–१ ‘ख’बाट प्रत्यक्षतर्फ लीला राई, सन्देश राई, मोहन राई, प्रदीप कार्की र हेमराज याक्खाको नाम सिफारिस गरिएको छ ।

समानुपातिकतर्फ शशिकुमार विक, विपीन इवारम, बिनापुमा राई, एसा सुनुवार, तेन्जिङ शेर्पा, गोविन्दप्रसाद राई, मणि राई र सीता राईको नाम सिफारिस गरिएको जनाइएको छ ।