बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, सिट बाँडफाँटको टुंगो लाग्ला ?

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, सिट बाँडफाँटको टुंगो लाग्ला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पाँच दलीय सत्ता गठबन्धनको बैठक बिहीबार बालुवाटारमा बसिरहेको छ ।  मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत सिट बाँडफाँटको टुँगो लगाउन सत्ता गठबन्धनमा आवद्ध दलहरू छलफलमा जुटेका हुन् ।

आज बसेको बैठकले संघीय निर्वाचन अन्तर्गत सिट बाँडफाँटको विषयमा टुंगो लगाउने जनाइएको छ ।  बुधबार गठबन्धनको कार्यदलसहित बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटबारेमा गम्भीररुपमा छलफल भए पनि सहमति जुट्न सकेन ।

नेपाली कांग्रेसले १०० सिट, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका छन् । तर, संघीय निर्वाचन अन्तर्गत प्रत्यक्षमा जम्मा १६५ सिट मात्र हुन्छ । पछिल्लो समय सत्ता गठबन्धन दलहरु दिनहुँ छलफलमा जुटेपटि सिटबाँडफाँटमा सहमति जुट्न सकेको छैन् ।