रुपन्देही–२ मा विष्णु पौडेल र बालकृष्ण खाँणबीच प्रतिस्पर्धा हुने

रुपन्देही–२ मा विष्णु पौडेल र बालकृष्ण खाँणबीच प्रतिस्पर्धा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले गृहमन्त्री समेत रहेका काँग्रेस नेता बालकृष्ण खाँणको नाम रुपन्देहीको क्षेत्र नम्बर २ बाट सिफारिस गरेको छ ।

नेपाली काँग्रेस २ नम्बर क्षेत्रीय समितिको बिहीबार बसेको बैठकले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खाँणसहित ५ जनाको नाम सिफारिस गरेको हो ।

क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव विमलराज भटराईका अनुसार खाँणसहित युवराज गिरि, चुन्नुप्रसाद पौडेल, गोकर्ण पौडेल र कृष्णप्रसाद पोखरेलको नाम सिफारिस भएको छ ।

यस्तै रुपन्देही–२ बाट समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस भएको छ । जसमा अर्जुन रानाभाट, प्राडा बुद्धबहादुर थापा, चिरञ्जिवी जोशीको नाम सिफारिस भएको छ ।

यस्तै महिलातर्फ मनोरमा शेरचन, लक्ष्मी जोशी, रिता सेन ,नोमा थापा, हेमकुमारी सुवेदी र राममाया पौडेलको नाम सिफारिस भएको छ ।

रुपन्देही–२ मा एमालेका उपाध्यक्ष विष्णु पौडेलले लगातार ३ पटक चुनाव जितेको क्षेत्र हो । सिफारिस अनुसार टिकट पाएमा बुटवल र आसपासको क्षेत्र पर्ने रुपन्देही २ मा बालकृष्ण खाँण र विष्णु पौडेलबीच प्रतिस्पर्धा हुनेछ ।