बालकोटमा ओली-शेखर भेटवार्ता, के-के भयो कुराकानी ?

बालकोटमा ओली-शेखर भेटवार्ता, के-के भयो कुराकानी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

सत्ता गठबन्धनमा सीट बाँडफाँट पेचिलो बनिरहेका बेला नेता कोइराला बिहीबार साँझ एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

दुई नेताबीच करिब डेढ घण्टा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । ओलीले गठबन्धनका नाममा प्रचण्ड–माधवको घाँडो नभिर्न कांग्रेस नेताहरूलाई सुझाव दिँदै आएका छन् ।

केही दिनअघि कांग्रेसका अर्का नेता डा.मिनेन्द्र रिजालले पनि बालकोट पुगेर ओलीसँग छलफल गरेका थिए । त्यसलगत्तै ओलीसहितका नेताले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।

सीट बाँडफाँटमा १०० निर्वाचन क्षेत्र नछाड्न शेखर कोइराला पक्षले दबाब दिएको थियो दिँदै आएको छ । कोइराला पक्ष सीट बाँडफाँटदेखि टिकट वितरणसम्म देउवाले एकलौटी गर्ने त्रासमा छ । ओलीसँगको कोइरालाको भेटलाई पनि अर्थपूर्ण रूपमा लिन सकिने नेताहरू बताउँछन् ।

क्षेत्र बाँडफाँटदेखि टिकट वितरणमा समेत पाखा पारिने कांग्रेसका प्रभावशाली नेताहरूले एमालेसँग मिलेर चुनाव लड्नसक्ने चर्चा भइरहेका बेला ओली र शेखरको भेट भएको हो ।