प्रधानमन्त्री देउवा डडेलधुराबाट सर्वसम्मत उम्मेदवार सिफारिस

प्रधानमन्त्री देउवा डडेलधुराबाट सर्वसम्मत उम्मेदवार सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि डडेलधुराबाट प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उम्मेदवार सिफारिस गरेको छ ।

नेपाली कांग्रेस डडेलधुरा प्रदेश ‘क’ र ‘ख’ क्षेत्रीय समितिको बैठकले बिहीबार देउवालाई सर्वसम्मत प्रतिनिधिसभाको उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधिसभातर्फ डडेलधुरामा एउटामात्रै निर्वाचन क्षेत्र छ । देउवाले २०४८ सालदेखि डडेलधुराबाट लगातार चुनाव जित्दै आएका छन् ।

यस्तै डडेल्धुरा ‘क’ बाट कांग्रेस जिल्ला सभापति भीमबहादुर साउँद र ‘ख’ बाट सुदूरपश्चिम सरकारका समाजिक विकासमन्त्री गोविन्दराज बोहरा सिफारिस भएका छन् ।