काठमाण्डु – राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठकमा नागरिकता विधेयकमाथि छलफल हुनेछ । राष्ट्रपतिबाट फिर्ता भइ प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि बिहीबारबाट छलफल सुरु भएको थियो ।
तर छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदहरुको बोल्नेक्रम नसकिएसँगै बैठक आजका लागि बोलाइएको हो ।
बैठक आज दिउँसो ३ बजे बस्नेगरी बोलाइएको छ । उक्त विधेयकमाथिको हिजोको छलफलमा भाग लिएर सांसद जीतेन्द्रनारायण देवले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्षी दलले राजनीति गरेको आरोप लगाएका थिए ।




प्रतिक्रिया