यी हुन् कांग्रेसबाट सर्वसम्मत सिफारिस भएका ७ अनुहार

यी हुन् कांग्रेसबाट सर्वसम्मत सिफारिस भएका ७ अनुहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरिरहेको छ ।

केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार क्षेत्रीय कार्यसमितिले दुवै तहमा प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार बन्न इच्छुकको नाम माथिल्लो तहमा सिफारिस गरेको हो ।

जसमा प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवादेखि जेलमा रहेका अलताफ आलमसम्म सम्बन्धित निर्वाचन क्षेत्रबाट जिल्ला कार्यसमितिमा सर्वसम्मत सिफारिस भएका छन् ।

प्रधानमन्त्री देउवा डडेलधुराबाट सर्वसम्मत प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका हुन् । त्यस्तै सुर्खेत–१ बाट पूर्णबहादुर खड्का सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।

कैलाली–५ बाट प्रथम महिला तथा केन्द्रीय सदस्य डा. आरजु राणा देउवा, झापा १ बाट महामन्त्री विश्वप्रकाश शर्मा सर्वसम्मत सिफारिस भएका छन् ।

पूर्वसहमहामन्त्री सुनिलबहादुर थापा धनकुटाबाट, मोरङ ३ बाट मेडिकल व्यवसायी सुनिल शर्मा र जेलमा रहेका अफताव आलम रोतहटको क्षेत्र नम्बर २ बाट सर्वसम्मत सिफारिस भएका छन् ।

उनीहरु प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ फरक–फरक निर्वाचन क्षेत्रबाट जिल्लामा सिफारिस भएका हुन्।