एमालेले गर्‍यो सुदूरपश्चिम प्रदेश सांसद थापासहित ६ जनालाई पार्टीबाट निष्कासन

एमालेले गर्‍यो सुदूरपश्चिम प्रदेश सांसद थापासहित ६ जनालाई पार्टीबाट निष्कासन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले कैलालीका पूर्वअध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापासहित ६ जनालाई पार्टीबाट निष्काशन गरेको छ ।

एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले विज्ञप्ति जारी गर्दै थापासहित ६ जनालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालिएको जानकारी दिएका हुन् ।

उनले पार्टीको विधानको धारा ८१ को उपधारा १ बमोजिम उनीहरूलाई कारबाही गरिएको बताएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको पाइएपछि थापालाई अध्यक्ष पदबाट बर्खास्त गरिएको थियो ।

उनीसँगै एमालेले उनकी पत्नीसमेत रहेकी लम्कीचुहा नगरपालिकाकी निवर्तमान उपमेयर टिका थापा, तुला थापा, धरम थापा, दुजराम चौधरी र पूर्ण साउदलाई पनि कारबाही गरेको हो ।