काठमाण्डु – माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी सर्लाहीको पूरै कमिटी नेकपा एमालेमा फर्किएको छ ।
नेकपा एस जिल्ला कमिटी सर्लाहीका उपाध्यक्ष देवेन्द्र यादवको नेतृत्वमा आज आयोजित एक समारोहबीच अध्यक्षबाहेक कमिटीका सबै पदाधिकारी र सदस्यहरू एमालेमा प्रवेश गरेका हुन् ।
एमाले फर्किनेमा उपाध्यक्ष यादवसहित गोविन्द अधिकारी, चुडामणि वाग्लेलगायत प्रदेश कमिटी र जिल्ला कमिटीका नेता–कार्यकर्ता रहेका छन् ।
उनीहरूको साथमा जिल्लाका ५०० जना कार्याकर्ता पनि एमालेमा प्रवेश गरेका छन् । उनीहरूलाई एमालेका पूर्वसांसद हरि उप्रेतीलगायतले पार्टीमा स्वागत गरेका हुन् ।




प्रतिक्रिया