काठमाण्डु- नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले एकीकृत समाजवादीलाई जनतालाई अस्वीकार गरिसकेको बताएका छन् । शनिबार एमाले सम्पर्क समन्वय कमिटीले काठमाण्डु आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेम्वाङले माधवकुमार नेतृत्वको नेकपा एसलाई अस्वीकार गरिसकेका दावी गरेका हुन् ।
नेकपा एसलाई जनताले अस्वीकार गरिसकेको हुनाले सो पार्टीका अध्यक्ष माधव नेपाललाई नेकपा एमालेमा फर्कन आग्रह गरे । नेकपा एमालेबाट अलग्गिएर माधव नेपालले आफ्नो नेतृत्वमा नेकपा एस गठन गरेका थिए ।
‘जनताले अदालतले उहाँहरूको अस्तित्वलाई अस्वीकार गर्यो । त्यसैले म विनम्रतापूर्वक र दृढतापूर्वक भन्छु, माधवजी नेकपा एमालेमा फर्केर आउनुस् ।’, उनले भने ।एमालेबाट २० प्रतिशत सिट लिएर पार्टी फुटाएका माधव नेपालले पाँच दलीय गठबन्धनको सहारा लिएर पनि स्थानीय तहको चुनावमा ४ प्रतिशत मत पनि कटाउन नसकेको नेता नेम्वाङले दावी गरे ।
त्यसैगरी स्थानीय तहको निर्वाचनमा नेकपा एमाले लोकप्रिय मतमा सबै भन्दा अगाडि रहेको उनको भनाइ छ । नेम्वाङले संघ र प्रदेशसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गर्नुपर्ने बताएका छन् ।




प्रतिक्रिया