को-को भए एमाले सिन्धुपाल्चोकबाट प्रदेश र प्रतिनिधिसभामा उम्मेदवार सिफारिस ?

को-को भए एमाले सिन्धुपाल्चोकबाट प्रदेश र प्रतिनिधिसभामा उम्मेदवार सिफारिस ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले सिन्धुपाल्चोकले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । शनिबार सम्पन्न क्षेत्रीय बैठकले प्रतिनिधिसभा क्षेत्र २ र प्रदेशसभातर्फ चार क्षेत्रका लागि उम्मेदवारको नाम सिफारिस गरेको हो ।

क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षमा ४ जनाको नाम सिफारिस भएको छ । जसमा एमाले पोलिटब्युरो सदस्य अरुण नेपाल, केन्द्रीय सदस्य सरेश नेपाल र नेताहरु भरतप्रसाद पराजुली र बादल तामाङ सिफारिस भएका एमाले सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपालले जानकारी दिए ।

यता प्रदेशसभा (क) बाट बाह्रबिसे नगरपालिकाका पूर्व मेयर निमफुञ्जो शेर्पा, शम्भु सापकोटा, सुकदेव रिसाल, आङदोर्जे शेर्पा, डिबी लामा, कल्याणी घिसीङ, प्रदिप पौडेल, सागर घिमीरे, दिपक सुवेदी, जिल्ला कमिटी अध्यक्ष कमल नेपाल,फुर्निमा शेर्पा, पेम्बा शेर्पा, कृष्णमाया मोक्तान, मिना बोहरा, दिल्लीप्रसाद तिमिल्सिना र अर्नथमाया श्रेष्ठ सिफारिस भएका छन् ।

प्रतिनिधि सभा–१ प्रदेश सभा (ख) मा प्रत्यक्षतर्फ प्रेमलाल लामा, अमान सिं तामाङ,डम्बर थापा, शोभा कार्की, डाक्टर विनोद नेपाल, पुरुषोतम प्याकुरेल र होमनारयण श्रेष्ठ सिफारिस भएका छन् ।

त्यस्तै क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभातर्फ ३ जनाको नाम सिफारिस गरिएको छ । जसमा स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, वागमती प्रदेश सभा सदस्यद्धय हस्त पण्डित र माधव पाण्डेको नाम सिफारिस गरिएको छ ।

प्रतिनिधिसभा–२ प्रदेश सभा (क) मा डालबहादुर सापकोटा, विष्णुमणी आचार्य, रामचन्द्र बस्नेत, राजन आचार्य, देवि दुलाल, शिवहरी सापकोटा, राजु नेपाल, खिलबहादुर गिरी र डबले लामा सिफारिस भएका छन् ।

प्रदेश सभा (ख) तर्फ मित्रलाल चौलागाई, कृष्णगोपाल तामाङ, अशोक चौलागाई, शिसीर वाइबा,सोमर बम्जन, चिरन तामाङको नाम सिफारिस गरिएको छ ।