जनकपुर – जनता समाजवादी पार्टी (जसपा)ले पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यतर्फ डा लालबाबु राउतलाई उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।
मधेस प्रदेशका मुख्यमन्त्रीसमेत रहेका राउतलाई गत निर्वाचनमा पनि जसपाले सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा सिफारिस गरेको थियो ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत मुख्यमन्त्री राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि एकल नाम सिफारिस गरेको पार्टीका पर्सा सचिव तबरेज आलमले जानकारी दिए ।




प्रतिक्रिया