इलाम-२ मा सुवास नेम्वाङ सर्वसम्मत उम्मेदवार, कांग्रेसबाट को ?

इलाम-२ मा सुवास नेम्वाङ सर्वसम्मत उम्मेदवार, कांग्रेसबाट को ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाम–२ बाट एमाले उपाध्यक्ष सुवास नेम्वाङलाई सर्वसम्मत् उम्मेद्वार सिफारिस गरेको छ ।

शनिबार देउमाई नगरपालिकाको मंगलबारेमा सम्पन्न एमालेको क्षेत्रीय बैठकले नेम्वाङलाई सर्वसम्मत उम्मेद्वार सिफारिस गरेकोे हो ।

यसअघि इलामबाट चार पटक निरन्तर विजयी भइसकेका नेम्वाङलाई एमालेले पाँचौं पटक पुनः उम्मेदवार बनाउन लागको हो । पूर्वसभामुख समेत रहेका संविधानसभाका अध्यक्ष नेम्वाङ शालिन र भद्र नेताको रुपमा परिचित छन् ।

यता नेपाली काँग्रेसबाट भने उक्त क्षेत्रको लागि सात जनाको नाम सिफारिस गरिएको छ । जसमा भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, बेनुपराज प्रसाईं, नगेन्द्र कुमाल, रमेश लिङ्दम र सुजाता परियार सिफारिस भएका छन् । उनीहरुमध्ये एक जनाले एमालेका नेता नेम्वाङसँग निर्वाचन लड्नेछन् ।

इलाममा प्रतिनिधिसभाका लागि २ निर्वाचन क्षेत्र छन् । त्यसमध्ये गठबन्धनको तर्फबाट क्षेत्र नम्बर १ मा झलनाथ खनाल निर्वाचन लड्ने भएपछि क्षेत्र नम्बर २ नेपाली काँग्रेसको भागमा परेको छ । खनालसँग नेकपा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतको प्रतिस्पर्धा हुने भएको छ ।