काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा समय लिएर बोल्दै लिङ्देनले आजको दिनदेखि नै लागू हुने गरी सांसद पद त्यागेको घोषणा गरेका हुन् ।
प्रदेश र प्रतिनिधिसभा चुनाव घोषणापछि नै संसद चलाइराख्नु उपयुक्त नहुने उनको धारणा थियो । पछिल्लो समय सरकारले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने प्रस्ताव ल्याएको थियो । उक्त प्रस्तावले आफु र आफ्नो पार्टी लज्जित भएको उनले बताए ।
‘चुनाव घोषणा भइसकेपछि यही तरिकाले संसद चलिरहनु र जीवित भइरहनु उपयुक्त हुँदैन । प्रजातन्त्रमा विश्वास राख्ने दलहरुले निष्पक्ष निर्वाचनमा विश्वास गर्छन्। तर संसद राखिराखेर निष्पक्ष निर्वाचन हुन सक्दैन,’ अध्यक्ष लिङ्देनले भने, ‘अबबाट म उपस्थित हुने छैन । मेरो नाममा पठाइने तलब भत्ता सुविधा रोक्का गरियोस् । कहीँ कतै लेखेर दिनुपर्छ भनेर लेखे दिन पनि तयार छु ।’




प्रतिक्रिया