चुनावलगत्तै सडकमा उत्रिने प्रचण्डको घोषणा

चुनावलगत्तै सडकमा उत्रिने प्रचण्डको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघ र प्रदेशसभाको निर्वाचनलगत्तै सडकमा उत्रिने घोषणा गरेका छन् ।

आइतबार काठमाण्डुमा भएको माक्र्सवादी ज्ञान केन्द्रको साधारण सभा तथा समाजवादको नेपाली मार्गचित्र विषयक गोष्ठिमा बोल्दै अध्यक्ष प्रचण्डले वर्तमान शासन प्रणाली र निर्वाचन प्रणालीको विरुद्धमा मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनलगत्तै सडकमा उत्रिने घोषणा गरेका हुन् ।

हालको शासन प्रणाली र निर्वाचन प्रणालीलाई परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।  ‘ मैले आफ्नो पार्टीभित्र त भनेकै छु, चुनावपछि म यो प्रणाली बदल्न सडकमा जान्छु समाजवादको जे परिकल्पना संविधानमा गर्न खोजेको हो मैले कम्युनिस्ट एकता गर्दाको घोषणपत्रमा पनि समाजवादतिर लाने कुरा छन् ।,’ प्रचण्डले भने ।

उनले प्रदेश र संघको निर्वाचन नजिकिएकाले तत्काल सडकमा जान सम्भव नभएको उनले दावी गरे । ‘अहिले  निर्वाचन आइनै सक्यो प्रदेश र संघको निर्वाचन सङ्घारमा छौ हामी । गणतन्त्र र संघीयता माओवादीसँगै जोडिएको छ । तर विभिन्न कोणबाट परिवर्तनलाई निस्तेज पार्न भएको प्रहारले मलाई नै सबैभन्दा बढी छटपटी भएको छ’, प्रचण्डले भने ।

यसभन्दा अगाडि पनि प्रचण्डले वर्तमान निर्वाचन प्रणाली खर्चिलो भएको बताएका थिए । उनले खर्चिलो निर्वाचन प्रणालीका कारण भ्रष्टाचार बढेकोसमेत दावी गरेका थिए ।  प्रचण्ड वर्तमान शासन प्रणाली र निर्वाचन प्रणालीको विरुद्धमा बोल्दै आएका छन् ।