प्रचण्डसँग भिड्न एमालेबाट रामप्रसाद न्यौपाने चुनावी मैदानमा

प्रचण्डसँग भिड्न एमालेबाट रामप्रसाद न्यौपाने चुनावी मैदानमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले चितवन–३ बाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई सर्वसम्मत सिफारिस गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले न्यौपानेको एकल नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो । न्यौपानेले चितवन–३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिस्पर्धा गर्नेछन् ।

चितवन प्रचण्डको गृह जिल्ला हो । अघिल्लो निर्वाचन ०७४ मा एमालेसँगको सहयोगमा निर्वाचन जितेका प्रचण्ड तयो पटक पाँच दलीय गठबन्धनको सहारामा चुनावी मैदानमा आउँदैछन् ।