काठमाण्डु – सत्ता गठबन्धनका शीर्ष नेताहरुले सिट बाँडफाँटको जिम्मा फेरि कार्यदललाई दिने निर्णय गरेका छन् ।
आइतबार बसेको बैठकमा सिट बाँडफाटबारे कुनै सहमति जुट्न नसकेपछि निर्वाचन क्षेत्रअनुसार छलफल गरेर सहमति खोज्न पुनः कार्यदलका सदस्यहरुलाई निर्देशन दिएका हुन् ।
यसअघि कार्यदलमा सहमति नजटेपेछि शीर्ष नेताहरुले आफैं सिट बाँडफाट टुंग्याउने प्रयास गरेका थिए । तर हालसम्म सहमति जुट्न नसकेको हो ।
१०० सिटको दाबी गरेको कांग्रेस ९० सम्म झर्न तयार भएको छ । तर माओवादीले कांग्रेस र अरु दललाई आधा–आधा गर्ने प्रस्ताव राखेको छ भने एकीकृत समाजवादीले कांग्रेसले ७० लिएर अरु छाड्नुपर्ने अडान लिएको छ ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यदलका सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भोलिदेखि कार्यदलको बैठक लगातार बसेर सहमति खोज्ने र पर्सि शीर्ष नेताहरुसमक्ष पेश गर्ने बताए ।




प्रतिक्रिया