धनुषा-३ बाट राजेन्द्र महतो सिफारिस, निधि नउठ्ने

धनुषा-३ बाट राजेन्द्र महतो सिफारिस, निधि नउठ्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- लोसपा धनुषा निर्वाचन क्षेत्र नम्बर-३ ले वरिष्ठ नेता राजेन्द्र महतोलाई प्रतिनिधिसभाका लागि एकल नाम सिफारिस गरेको छ । सोमबार लोसपा क्षेत्रीय समिति बैठकले पार्टीका वरिष्ठ नेता महतोलाई प्रत्यक्षतर्फ सिफारिस गरेको हो ।

महतो अहिले पनि सोही निर्वाचन क्षेत्रबाट सांसद छन् । उनले अघिल्लो निर्वाचनमा कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गरेका थिए । यसपटक कांग्रेस धनुषा-३ ले निधिलाई समानुपातिकमा राखेर पठाएको छ ।