काठमाण्डु – नेपाली कांग्रेस ओखलढुङ्गाले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधीसभा निर्वाचनको लागी उम्मेदवारको नाम सिफारिस गरेको छ ।
शनिबार बसेको काँग्रेस जिल्ला कार्यसमितीको बैठकको प्रतिनीधिसभाको लागी प्रत्यक्षतर्फ चार र समानुपातिक तर्फ पाँच जना उम्मेदवारको नाम सिफारिस गरेको हो । जसमा प्रत्यक्षतर्फ नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप कुमार सुनुवार, रामहरी खतिवडा, खिलानाथ दाहाल र बालकृष्ण दाहालको नाम सिफारिस भएको छ ।
प्रतिनीधीसभा समानुपातीक तर्फ महेश कुमार कर्मोचा, गोमा केसी र बाला अधिकारीको नाम सिफारिस भएको छ । समानुपातिकमै अपाङ्ग तर्फ डेकराज भट्टराई र आदिवासी जनजाती तर्फ हेमालक्ष्मी राईलाई सिफारिस गरिएको छ ।
ओखलढुङ्गा प्रदेश निर्वाचन क्षेत्र (क) र (ख) बाट सिफारिस भई आएको उम्मेदवारहरुको नामावलीलाई जिल्ला कार्य समितिको बैठकले सर्वसम्मत अनुमोदन गरेर माथिल्लो तहमा सिफारिस गको हो ।
प्रदेश सभा (क) प्रत्यक्ष तर्फ १४ जना उम्मेदवारको नाम सिफारिस गरिएको नेपाली काँग्रेस जिल्ला सभापती तेजेन्द्र खनालले जानकारी दिए । जसमा गंगा बहादुर कार्की, राजकुमार ढुंगाना, सर्वधन तामाङ, नविन राई, बद्रिनाथ दाहाल, टेकराज भट्टराईको नाम सिफारिस भएको छ ।
यस्तै बेदबहादुर रोका, हरि प्रसाद दाहाल, लिला बल्लव दाहाल, विनोद कुमार केसी, महेन्द्र बहादुर कार्की, नन्दलाल गिरी, केदारनाथ दाहाल र दिनेश मगर पनि सिफारिस भएका छन् । प्रदेश (क) समानुपातीक तर्फ १२ जनाको नाम सिफारिस गरिएको छ ।
प्रदेश सभा निर्वाचन क्षेत्र (क) समानुपातिक तर्फ तिर्थराज थापा क्षेत्री, पेमा निमा शेर्पा, हेमालक्ष्मी राई, टिकाराम कार्की, झिलादेवी दाहाल, अम्बरबहादुर विक, हेम कुमारी तामाङ सिफारिस भएका छन् । यस्तै पदम कुमार तामाङ, प्रकाश कार्की, मैया राई, युवराज गजमेर, शान्ता भण्डारी लगायत १२ जना समानुपातिक तर्फ सिफारिस भएका हुन् ।
त्यसैगरी प्रदेश सभा (ख) को प्रत्यक्ष तर्फ आठ र समानुपातिक तर्फ १२ जनाको नाम उम्मेदवारका लागि सिफारिस भएका छन् । प्रत्यक्ष तर्फ कुमार लुईटेल, रुद्रप्रसाद अधिकारी, अजय लुईटेल, भोजकुमार श्रेष्ठ, बाला अधिकारी, पुरुषोत्तम लुईटेल, राजन कुमार सुवेदी र शान्तिराज खड्का सिफारिस भएका हुन् ।
प्रदेश सभा निर्वाचन क्षेत्र (ख) समानुपातिक तर्फ सविता राई, कुमार बहादुर श्रेष्ठ, दुर्गाकुमारी तामाङ, लेखबहादुर राई, बलबहादुर तामाङ, सुन्तला परियार, गोपाल खड्काको नाम सिफारिस गरिएको छ । यसका साथै खिम तामाङ, ईन्द्रमाया मगर, डिल्लीबहादुर रोका, चन्द्रबहादुर कार्की र अर्चना लुईटेल पनि निर्वाचन क्षेत्र (ख) बाट समानुपातिक तर्फ सिफारिसमा परेको नेपाली काँग्रेस ओखलढुङ्गाले जनाएको छ ।




प्रतिक्रिया