अधिकांश पदाधिकारीसहित एमालेबाट ५२ क्षेत्रमा सर्वसम्मत सिफारिस, कुन प्रदेशबाट को बने उम्मेदवार ? (सूचीसहित)

अधिकांश पदाधिकारीसहित एमालेबाट ५२ क्षेत्रमा सर्वसम्मत सिफारिस, कुन प्रदेशबाट को बने उम्मेदवार ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले मंसिर ४ गते हुने निर्वाचनका लागि ५२ जनालाई सर्वसम्मत सिफारिस गरेको छ ।

भदौ २२ गतेसम्म उम्मेदवार सिफारिस गर्न केन्द्रले दिएको निर्देशनअनुसार तल्ला कमिटिहरुले प्रतिनिधिसभाका लागि ५२ क्षेत्रमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधिसभाका १६५ सिटमध्ये झन्डै एक तिहाइ क्षेत्रमा उम्मेदवार सर्वसम्मत सिफारिस भएको एमालेले जनाएको छ ।

सर्वसम्म सिफारिस हुनेमा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा लगायत रहेका छन् । यो पटक एमालेले सात दलीय गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्दैछ ।

को-कहाँबाट ?

प्रदेश न. १

१) केपी शर्मा ओली – झापा ५

२) रविन कोइराला – झापा १

३) वसन्तकुमार नेम्वाङ – पाँचथर

४) महेश बस्नेत – इलाम १

५) सुवास नेम्वाङ – इलाम २

६) ऋषिकेश पोखरेल – मोरङ २

७) भानुभक्त ढकाल – मोरङ ३

८) विनोद ढकाल – मोरङ ४

९) योगी मण्डल – मोरङ ५

१०) जयकुमार राई – सुनसरी १

११) भगवती चौधरी – सुनसरी ३

१२) एलपी साँवा लिम्बु – झापा ४

१३) मानवीर राई – सोलुखुम्बु

मधेस प्रदेश

१) जुलीकुमारी महतो – धनुषा ३

२) रघुवीर महासेठ – धनुषा ४

३) अजय गुप्ता – रौतहट १

४) प्रभु साह – रौतहट ३

५) बलवीर चौधरी – बारा २

६) देवनारायण चौधरी – बारा ४

७) लिलानाथ श्रेष्ठ – सिराहा

८) राजकुमार गुप्ता – पर्सा ३

बागमती प्रदेश

१) गोकुल बाँस्कोटा – काभ्रे २

२) नवराज सिलवाल – ललितपुर १

३) प्रेम महर्जन – ललितपुर २

४) मणिराम फुयाल – काठमाडौं २

५) कृष्ण राई – काठमाडौं ३

६) डा।राजन भट्टराई – काठमाडौं ४

७) ईश्वर पोखरेल – काठमाडौं ५

८) राजेश शाक्य – काठमाडौं ८

९) रामप्रसाद न्यौपाने – चितवन ३

१०) महेश बस्नेत – भक्तपुर २

गण्डकी प्रदेश

१) एकबहादुर राना – तनहुँ १

२) तिलक महत – नवलपुर २

३) हरिकृष्ण श्रेष्ठ – म्याग्दी

लुम्बिनी प्रदेश

१) छविलाल विश्वकर्मा – रुपन्देही १

२) विष्णु पौडेल – रुपन्देही २

३) खिमलाल भट्टराई – रुपन्देही ५

४) ठाकुर गैरे – पाल्पा २

५) प्रदीप ज्ञवाली – गुल्मी १

६) शंकर पोखरेल – दाङ २

७) टोपबहादुर रायमाझी – अर्घाखाँची

८) सूर्य थापा – प्यूठान

कर्णाली प्रदेश

१) नागिन्द्र शाही – कालीकोट

२) दल रावल – हुम्ला

सुदूरपश्चिम प्रदेश

१) लेखराज भट्ट – कैलाली ४

२) नारदमुनि राना – कैलाली ५

३) डा।भीम रावल – अछाम १

४) यज्ञ बोगटी – अछाम २

५) दामोदर भण्डारी – बैतडी

६) गणेशसिंह ठगुन्ना – दार्चुला

७) पठानसिंह बोहोरा – डडेलधुरा